logo
२०८१ असोज ८ मंगलवार



भारतमा पाँच दिनमा ५० हजार सङ्क्रमित, महाराष्ट्रमा चीनभन्दा बढी सङ्क्रमित

अन्तर्राष्ट्रिय |
फिचर |


भारतमा पाँच दिनमा ५० हजार सङ्क्रमित, महाराष्ट्रमा चीनभन्दा बढी सङ्क्रमित


गोरखापत्र अनलाइन
काठमाडौँ, जेठ २६ गते । भारतको आर्थिक राजधानी महाराष्ट्रमा चीनको भन्दा कोरोनाभाइरसबाट सङ्क्रमित हुने बढी दर्ता गरिएको छ । महाराष्ट्रमा आइतबारसम्म ८५ हजार ९७५ जनामा कोरोनाभाइरसको सङ्क्रमणको पुष्टि भएको छ । चीनमा सङ्क्रमित हुनेको सङ्ख्या ८४ हजार १९१ दर्ता गरिएको थियो ।
भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या दुई लाख ५० हजारभन्दा बढी रहेको छ । लगातार पाँचौँ दिन करिब दश हजार नयाँ सङ्क्रमित थपिएका छन् । महाराष्ट्र विश्वकै सबैभन्दा बढी जनघनत्व भएको शहरमध्ये पर्छ । आइतबारसम्म महाराष्ट्रमा ४८ हजार ७७४ जनामा कोरोनाभाइरसको सङ्क्रमण सक्रिय रहेको बीबीसीले जनाएको छ । महाराष्ट्रमा सङ्क्रमणबाट दुई हजार ९६९ जनाले ज्यान गुमाएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?