logo
२०८१ असोज ८ मंगलवार



अमेरिकालाई सुलेमानीबारे सूचना दिने जासुसलाई इरानले फाँसी दिने

अन्तर्राष्ट्रिय |


अमेरिकालाई सुलेमानीबारे सूचना दिने जासुसलाई इरानले फाँसी दिने


गोरखापत्र अनलाइन
काठमाडौँ, जेठ २७ गते । इरानले अमेरिका र इजरायललाई शीर्ष सैन्य कमाण्डर कसिम सुलेमानी बसेको ठाउँबारे जानकारी गराउने आफ्नो नागरिकलाई फाँसी दिने जनाएको छ । जनवरी ३ मा अमेरिकी ड्रोन आक्रमणमा इरानको कुलीन सैन्य दस्ताका प्रमुख सुलेमानीको मृत्यु भएको थियो ।
इरानी न्यायालयले मङ्गलबार उक्त फैसलाबारे जानकारी गराएको हो । अमेरिकी गुप्तचर निकायका लागि काम गर्ने महमोद मौसभी–मजिद र मोस्सादलाई फाँसीको सजाय सुनाइएको हो । न्यायालयका प्रवक्ता गुलामहोस्सैन इस्माइलीले पत्रकार सम्मेलनमा न्यायालयको फैसलाबारे जानकारी दिनुभयो ।
सुलेमानीको अमेरिकी ड्रोन आक्रमणमा मृत्यु भएको केही समय नबित्दै इरानले बदला स्वरुप इराकको ऐन अल असदस्थित अमेरिकी सैन्य शिविरमा हवाई आक्रमण गरेको थियो । उक्त आक्रमणमा कुनै मानवीय क्षति भएको थिएन । तर पछि सयौँ अमेरिकी सैन्यमा दर्दनाक मस्तिष्काघातको गुनासो आयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?