logo
२०८१ असोज ८ मंगलवार



उत्तर कोरियाली जनता भोकमरीमा, एक करोड नागरिकलाई मानवीय सहयोगको आवश्यकता

अन्तर्राष्ट्रिय |


उत्तर कोरियाली जनता भोकमरीमा, एक करोड नागरिकलाई मानवीय सहयोगको आवश्यकता


गोरखापत्र अनलाइन
काठमाडौँ, जेठ २७ गते । संयुक्त राष्ट्र संघीय मानव अधिकार क्षेत्रका एकजना विज्ञले उत्तर कोरियामा खाद्य अभाव र कुपोषणको श्रृङ्खला चुलिएको दाबी गरेका छन् । कोरोनाभाइरस सङ्क्रमण फैल्ने जोखिम न्यूनीकरण गर्न उत्तर कोरिया र चीनबीचको सीमा करिब पाँच महिनादेखि बन्द अवस्थामा छ ।
उत्तर कोरियामा राष्ट्र सङ्घको मानव अधिकारसम्बन्धी विज्ञ टोमस ओजिया क्वीन्टानाले राष्ट्र सङ्घलाई कोरियामाथिको प्रतिबन्धबारे पुनर्विचार गर्न आग्रह गर्नुभएको छ । प्रतिबन्ध खुकुलो गरिए खाद्य आपूर्ति सहज हुने उहाँले तर्क गर्नुभयो । हिन्दूस्तान टाइम्सका अनुसार प्रतिवेदनमा भनिएको छ, “ठूला शहरमा घरबारविहीन हुने बालबालिकाको सङ्ख्यामा वृद्धि भएको छ । दैनिक दुई पटक मात्रै खाने परिवारको सङ्ख्या बढ्दै छन् । वा अनाज मात्रै खान बाध्य छन् । भोकमरीमा पर्नेको सङ्ख्या वृद्धि हुँदैगएको छ ।”
राष्ट्र सङ्घीय खाद्य कार्यक्रमकी प्रवक्ता एलिजाबेथ बिर्सले जेनेभामा पत्रकार सम्मेलनमा उत्तर कोरियामा मानवीय अवस्था कमजोर बन्न पुगेको र कुल जनसङ्ख्याको करिब ४० प्रतिशत, वा एक करोड जनसङ्ख्यालाई मानवीय सहयोगको खाँचो रहेको औँल्याउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?