logo
२०८१ असोज ८ मंगलवार



दक्षिणपश्चिम चीनमा भारी वर्षा, बाढी र डुबानमा परी आठको मृत्यु

अन्तर्राष्ट्रिय |


दक्षिणपश्चिम चीनमा भारी वर्षा, बाढी र डुबानमा परी आठको मृत्यु
तस्विर-फाइल


गुइयाङ, जेठ २७ गते ।
चीनको दक्षिणपश्चिम प्रान्त छिचाओमा केही दिनदेखि अविरल वर्षापछि आएको बाढी र डुबानका कारण कम्तीमा आठ जनाको मृत्यु भएको स्थानीय विपत व्यवस्थापन विभागले जनाएको छ । वर्षाका कारण दुई लाख १५ हजारभन्दा बढी व्यक्ति प्रभावित बनेका स्थानीय प्रशासनले बताएको छ ।

मे ३१ गतेदेखि निरन्तर परेको वर्षाका कारण कम्तीमा आठ शहर प्रभावित बनेका छन् भने हजारौँ नागरिकलाई सुरक्षित स्थलमा सारिएको छ ।
मङ्गलबार बिहानसम्म बाढीका कारण कम्तीमा १० हजार ७०० हेक्टर जमिनको बाली र दुई हजार ८६६ घरहरूमा क्षति पुगेको विभागले बताएको छ ।

छिचाओ प्रान्तले बाढी तथा डुबानबाट बढी प्रभावित क्षेत्रमा ६८ लाख युआनसहित विपत व्यवस्थापनका लागि आवश्यक सामानहरू तत्काल राहतका रूपमा पठाएको जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?