logo
२०८१ असोज ८ मंगलवार



ब्राजिलका दुई गर्भनरमाथि कोरोना व्यवस्थापनको भ्रष्टाचार आरोपमा कारबाही

अन्तर्राष्ट्रिय |


ब्राजिलका दुई गर्भनरमाथि कोरोना व्यवस्थापनको भ्रष्टाचार आरोपमा कारबाही


गोरखापत्र अनलाइन
काठमाडौं, जेठ २९ गते । कोभिड–१९ को व्यवस्थापनमा भ्रष्टाचार गरेको आरोपमा ब्राजिलका दुईजना गर्भनरलाई कारबाही गरिएको छ । ब्राजिली सरकारले पारा प्रान्तका गर्भनर हेल्डर बारबल्होमाथि भेन्टिलेटर खरिदमा अनियमितता गरेको र रियो डे जेनारियोका गर्भनर विल्सन विजेलले आपातकालीन अस्पताल निर्माणमा अनियमितता गरेको अभियोग लगाएको छ । दुबैजना गर्भनरले राष्ट्रपति जायर बोल्सेनारोको क्वारेन्टाइन मापदण्डको प्रस्तावको खरो आलोचना गर्नुभएको थियो ।
दुईजना गर्भनरमध्ये बारबल्होको अमेजनस्थित घरमा संघीय प्रहरीले राति छापामारी गरेको थियो भने अर्कोलाई महाभियोग लगाउने तयारी गरिएको छ । संघीय प्रहरीले एक वक्तब्य जारी गरी खोज आदेश बमोजिम छ प्रान्तका २३ स्थानमा लक्षित गरिएको जनाएको छ ।
गत् मई २६ मा रियो डे जेनारियोका गर्भनर विल्सन विजेलले आपातकालीन अस्पताल निर्माणका लागि गरिएको टेण्डरमा अनियमितता गर्नुभएको आरोपमा छानबीन सुरु गरिएको थियो । बुधबार नै रियोका संसदले महाअभियोगको प्रस्ताबमाथि छलफल गर्ने तयारी गरेको हिन्दूस्तान टाइम्सले उल्लेख गरेको छ । विजेलले आठवटा आपातकालीन अस्पताल निर्माण गर्ने प्रतिबद्धता जनाएपनि मारासाना रङ्गशालालाई मात्रै अस्पतालको रुपमा विकास गर्न सक्नुभयो । विजेलले आफूले कानूनी रुपमा आफ्नो प्रतिरक्षाको बाटो रोज्ने प्रतिक्रिया दिनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?