logo
२०८१ असोज ८ मंगलवार



एक वर्षभित्र ४० बलात्कारका घटनामा संलग्न अभियुक्त पक्राउ

अन्तर्राष्ट्रिय |


एक वर्षभित्र ४० बलात्कारका घटनामा संलग्न अभियुक्त पक्राउ


गोरखापत्र अनलाइन
काठमाडौँ, जेठ २९ गते । पछिल्लो एक वर्षमा आफ्नै शहरमा ४० वटा बलात्कारका मुद्दामा संलग्न रहेको आरोपमा नाइजेरियामा एक अभियुक्त पक्राउ गरिएको छ । अभियुक्तलाई मङ्गलबार पक्राउ गरिएको हो।
बीबीसीले प्रहरी प्रवक्ता अब्दुल्लाही हरुनालाई उद्धृत गर्दै उत्तरी नाइजेरियाको डंगोरा शहरकी एक आमाले आफ्नो छोरीलाई बलात्कार गरेको फेला पारेपछि प्रहरीलाई जानकारी गराउँदा अभियुक्त पक्राउ परेको उल्लेख गरेको छ । प्रहरीलाई खबर गर्दैगर्दा अभियुक्त भाग्न सफल भएपनि छिमेकको प्रयासमा नियन्त्रणमा लिन सफल भएको थियो ।
८० वर्षीय वृद्धदेखि दश वर्षीय बालिकाको बलात्कारमा अभियुक्त संलग्न रहेको जनाइएको छ । डंगोरा कानो प्रान्तको एक सानो तर दुर्गम शहर हो । जुन कानो शहरभन्दा करिब ८५ किलोमिटर दक्षिण पश्चिममा पर्छ ।
शहरका प्रमुख अहमदु यौले प्रहरीको कदम स्वागतयोग्य रहेको प्रतिक्रिया दिनुभएको छ । पीडितले न्याय पाउने आशा पलाएको सर्वसाधारणले जनाएको छ ।
सन् २०१९ मा प्रकाशित एक सर्वेक्षण बमोजिम नाइजेरियामा २५ वर्षको उमेर पुग्दासम्म प्रत्येक तीनजना केटीमध्ये एकजनाले यौनहिंसाको सामना गर्नुपरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?