logo
२०८१ असोज ८ मंगलवार



अमेरिकी प्रदर्शनकारीको निशानामा क्रिष्टोफर कोलम्बसको प्रतिमा

अन्तर्राष्ट्रिय |


अमेरिकी प्रदर्शनकारीको निशानामा क्रिष्टोफर कोलम्बसको प्रतिमा


गोरखापत्र अनलाइन
काठमाडौँ, जेठ २९ गते । काला समुदायमाथि विभेदविरुद्धको आन्दोलनको क्रममा अमेरिकाको बस्टन शहरस्थित क्रिष्टोफर कोलम्बसको प्रतिमा तोडफोड गरिएको छ । अमेरिकी प्रहरीका अनुसार क्रिष्टोफर कोलम्बसको तीनवटा प्रतिमामा क्षति पुर्याइएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनएनका अनुसार कोलम्बसको पहिलो प्रतिमा तालमा फालिएको, दोस्रोको टाउको हटाइएको र तेस्रोलाई जमिनमा ढालिएको छ । प्रदर्शनकारीले मिनिसोटा प्रान्तको राजधानीस्थित क्रिष्टोफर कोलम्बसको प्रतिमालाई डोरीले बाँधेर भुईंमा ढालिएको छ । अमेरिकी आदिवासीले आदिवासीसँग गरेको व्यवहारलाई लिएर क्रिष्टोफर कोलम्बसलाई विवादित व्यक्तिको रुपमा लिँदैआएको छ । एएनआईका अनुसार पछिल्ला वर्षहरूमा कतिपय प्रान्तले ‘कोलम्बस डे’लाई प्रतिस्थापन गर्दै ‘आदिवासी दिवस’ मनाउन थालेको छ ।
कोलम्बसले नै अमेरिका पत्ता लगाएका छन् । गत मई २५ तारेखमा अफ्रिकी मूलका अमेरिकी नागरिक जर्ज फ्लोयडको प्रहरी नियन्त्रणमा मृत्यु भएपछि अमेरिकासहित विश्वव्यापी रुपमा प्रदर्शन हुँदैआएको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?