logo
२०८१ असोज ९ बुधवार



मल्दिभ्समा अतिरिक्त शुल्क नलाग्ने गरी भ्रमण खुला गरिँदै

अन्तर्राष्ट्रिय |
पर्यटन |


मल्दिभ्समा अतिरिक्त शुल्क नलाग्ने गरी भ्रमण खुला गरिँदै


गोरखापत्र अनलाइन
काठमाडौँ, जेठ ३० गते । दक्षिण एशियाली टापु राष्ट्र मल्दिभ्सले विदेशी पर्यटकको आगमनलाई आगामी महिनादेखि पूर्ण खुला गर्ने भएको छ ।
मल्दिभ्स पर्यटन बोर्डका एक जना प्रवक्ताले आगामी जुलाइ महिनादेखि सबै विदेशी पर्यटकलाई स्वागत गरिने जानकारी दिनुभएको छ । सुरुमा मल्दिभ्सको भूमिका टेक्दा विदेशी पर्यटकले कोरोना सङ्क्रमण नरहेको स्वास्थ्य प्रतिवेदन देखाउनुपर्ने वा १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने निर्देशिका जारी गरेको थियो । तर नयाँ व्यवस्थाबमोजिम अब विदेशी पर्यटकले निर्देशिकाका पालना गर्नु जरुरी हुने छैन ।
भिसाका लागि थप आवश्यक कागजातसमेत जरुरी हुने छैन । अतिरिक्त शुल्क समेत नलाग्ने जनाइएको छ । जुन महिनामा पनि व्यक्तिगत डुङ्गा वा जेट हुनेले आफ्नै साधन प्रयोग गरी मल्दिभ्सको भ्रमण यात्रा गर्न पाउँछ ।
मार्च महिनामा पूर्ण लकडाउन गरेको मल्दिभ्सले मई ३० मा एक सूचना जारी गरी जुलाइ महिनादेखि सीमा पूर्णरुपमा खुला गर्न लागेको जानकारी गराएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?