logo
२०८१ असोज ९ बुधवार



राष्ट्रिय गानको क्रममा खेलाडीले घुँडा टेक्दा कारबाही हुने कानून अमेरिकी फुटबलद्वारा खारेज

अन्तर्राष्ट्रिय |
खेलकुद |


राष्ट्रिय गानको क्रममा खेलाडीले घुँडा टेक्दा कारबाही हुने कानून अमेरिकी फुटबलद्वारा खारेज
तस्विर-बीबीसी


गोरखापत्र अनलाइन
काठमाडौं, जेठ ३० गते । अमेरिकी फुटबलले राष्ट्रिय गानको क्रममा खेलाडीले घुँडा टेक्दा प्रतिबन्ध लगाउने ऐन खारेज गरेको छ । सन् २०१६ मा उक्त ऐन ल्याइएको थियो । एनएफएल खेलाडी कलिन कैपर्निकको रङ्गभेदी दुब्र्यवहार विरुद्धको शैली पछ्याउँदै मेगन रैपोनिले राष्ट्रिय गानको क्रममा घुँडा टेक्दा अमेरिकी फुटबलले पहिलो पटक उक्त ऐन ल्याएको थियो । मेगन अमेरिकाको प्रतिनिधित्व गर्नुहुँदै सन् २०१५ र २०१९ को विश्वकप महिला फुटबलमा सहभागी खेलाडी हुनुहुन्छ । अमेरिकी फुटबल निकायले बिगत्मा लिइएको निर्णय गलत भएको प्रष्ट्याएको छ ।
काला समुदायका जर्ज फ्लोयडको प्रहरी नियन्त्रणमा मृत्यु भएपछि अमेरिकासहित विश्वभरि रङ्गभेद विरुद्ध आन्दोलन चर्किएको छ । फ्लोयडको मृत्युपछि घुँडा टेकेर विरोध जनाउने शैली अमेरिकी सडक र गल्ली हुँदै डेमोक्रयाट पार्टीको बैठकमा समेत अपनाइएको छ । कैपर्निकले सन् २०१६ मै उक्त शैली अपनाउँदै भन्नुभएको थियो, “काला समुदायसँग भेदभाव गर्ने राष्ट्रको झण्डामुनि गर्व गर्न म रुचाउन्न, त्यसैले निहुरिन्छु ।” पछि अन्य खेलाडीले पनि उहाँसँगै उक्त शैली अपनाएका थिए । अमेरिकी फुटबल संघले राष्ट्रिय गानको क्रममा हुने यस्तो प्रदर्शन रोक्न कानून ल्याएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?