logo
२०८१ असोज ९ बुधवार



कोरोना भाइरसबाट विश्वमा चार लाख २८ हजार भन्दा बढीको मृत्यु, करीब ७७ लाख ४१ हजार सङ्क्रमित

अन्तर्राष्ट्रिय |


कोरोना भाइरसबाट विश्वमा चार लाख २८ हजार भन्दा बढीको मृत्यु, करीब ७७ लाख ४१ हजार सङ्क्रमित


जेनेभा स्वीट्जरल्याण्ड
जेठ ३१ गते। कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या चार लाख २८ हजार ३४२ पुगेको छ । साथै विश्वभर ७७ लाख ४० हजार ५०५ जना सङ्क्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)द्वारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ ।
कोरोना भाइरसका कारण बिरामी भएका ३९ लाख ६६ हजार ५६६ जना निको भएका छन्।। हाल विश्वभरमा कोरोना भाइरस सङ्क्रमित ३३ लाख ४५ हजार ५९७ व्यक्ति उपचाररत रहेका छन् । सङ्क्रमित हरुमा ५३ हजार ८८८ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र २१ लाख १६ हजार ९२२ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख १६ हजार ८२५ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
दक्षिण अमेरिकामा १३ लाख ५६ हजार २०८ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ५७ हजार ८७० जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा २४ लाख २७ हजार २०७ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् । एक लाख ४३ हजार ३५५ जनाको मृत्यु भएको छ ।
युरोपमा २१ लाख ७३ हजार ५७८ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने १ लाख ८२ हजार ६७ को मृत्यु भएको छ । एसियामा १५ लाख ४६ हजार २७७ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने, ३८ हजार ८३१ जनाको मृत्यु भएको छ ।
अफ्रिकामा २ लाख २७ हजार ६०९ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेको छ भने ६ हजार ८० जनाको मृत्यु भएको छ । ओसियानामा ८ हजार ९०५ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२४ जनाको मृत्यु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?