logo
२०८१ असोज ९ बुधवार



एकैपटक ४५ जनामा सङ्क्रमणको पुष्टि, बेइजिङ्गको केही भागमा लकडाउन

अन्तर्राष्ट्रिय |
पढ्नै पर्ने |
फिचर |


एकैपटक ४५ जनामा सङ्क्रमणको पुष्टि, बेइजिङ्गको केही भागमा लकडाउन


गोरखापत्र अनलाइन
काठमाडौँ, जेठ ३२ गते । चीनकाे राजधानी बेइजिङ्गको केही क्षेत्रमा कडाइपूर्वक लकडाउन लागू गरिएको छ । पछिल्लो ५० दिनपछि बेइजिङ्गमा पहिलोपटक कोरोनाभाइरसका सङ्क्रमित पाइएपछि केही भागमा लकडाउन गरिएको हो ।
बेइजिङ्गको एक थोक सामग्री पाइने बजारसँग सङ्क्रमण सम्बन्धित रहेको बीबीसीले उल्लेख गरेको छ । उक्त बजारसँग सम्बन्धित ५१७ जनामा कोरोना सङ्क्रमणको परीक्षण गरिँदा ४५ जनामा सङ्क्रमणको पुष्टि भएको छ । करिब ११ टोलमा लकडाउन लगाइएको छ । सङ्क्रमण हुन सक्ने आशङ्कामा बजारमा कार्यरत दश हजार जनाभन्दा बढीमा परीक्षण गरिँदैछ । उक्त बजारमा किनमेल गर्न गएका व्यक्तिलाई पनि परीक्षणका लागि अधिकारीहरूले निर्देशन दिएका छन् ।
चिनफाडी बजार चीनको दक्षिण पश्चिम बेइजिङ्गको फेङ्गटल जिल्ला अन्तगर्त पर्छ । शनिबार सबेरै उक्त बजार बन्द गरिएको छ । बजार पुगेका दुई जनामा कोरोना सङ्क्रमणको पुष्टि भएपछि यस्तो सर्तकता अपनाइएको छ । लगत्तै गरिएको परीक्षणमा बजारका ४५ जनामा भाइरसको पुष्टि भयो । बजारमा युद्धकालमा लगाइने जसरी लकडाउन अपनाइएको छ । नजिकको विद्यालय र सार्वजनिक यातायात पूर्णरुपमा बन्द गरिएको छ । सयौँको सङ्ख्यामा सैन्य दस्ता बजारभित्र प्रवेश गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?