logo
२०८१ असोज ९ बुधवार



१७ यात्रुमा सङ्क्रमणको पुष्टिपछि ढाका–ग्वान्झाउ उडान स्थगित

अन्तर्राष्ट्रिय |


१७ यात्रुमा सङ्क्रमणको पुष्टिपछि ढाका–ग्वान्झाउ उडान स्थगित


बेइजिङ, जेठ ३२ गते । चिनियाँ नागरिक उड्डयन नियामक निकायले चाइना साउदर्न एयरलाइन्सको ढाका–ग्वान्झाउ उडान स्थगित गरेको छ ।
गत जुन ११ को ढाका–ग्वान्झाउको उडानमा सवार १७ जना यात्रुमा कोविड–१९ को सङ्क्रमण देखिएपछि चार हप्ताका लागि उडान स्थगित गर्नु परेको अधिकारीहरूले बताएका छन् । चिनियाँ नागरिक उड्डयन प्राधिकरणले विमानमा यात्रा गर्न चाहने व्यक्तिमा लगातार तीन सातासम्म कोरोना भाइरस नेगेटिभ हुनुपर्ने नियम बनाएको छ । प्राधिकरणले कोरोना नेगेटिभ देखिएको अवस्थामा ढाका उडान हप्तामा २ उडान वटा गर्न सक्ने जनाएको छ ।

तर यदि कोरोना पोजिटिभ भएका यात्रुको संख्या ५ भन्दा बढी पाइए त्यस्तो विमान सेवालाई एक साता उडान गर्न नपाउने गरी प्रतिबन्ध लगाइने छ । तर पोजिटिभ भएका यात्रुको सङ्ख्या १० भन्दा बढी भए यस्तो प्रतिबन्ध चार हप्ता गरिने प्राधिकरणले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?