logo
२०८१ असोज ९ बुधवार



ग्यास ट्याङ्कर विस्फोट हुँदा चीनमा १८ को मृत्यु, १८९ घाइते

अन्तर्राष्ट्रिय |


ग्यास ट्याङ्कर विस्फोट हुँदा चीनमा १८ को मृत्यु, १८९ घाइते


बेइजिङ, जेठ ३२ गते । चीनको एउटा राजमार्गमा ग्यास बोकेको ट्याङ्कर विस्फोट हुँदा १८ जनाको मृत्यु भएको छ ।
चीनको दक्षिणपूर्वी क्षेत्रमा भएको घटनामा परी अरु १८९ जना घाइते भएको अधिकारीहरूले जानकारी दिएका छन् । एउटा भवनमा ट्याङ्कर ट्रक ठोकिएपछि शनिबार विस्फोटनको घटना भएको समाचारमा जनाइएको छ ।
स्थानीय समय अनुसार बेलुका ४:४५ बजे घटना भएको र विस्फोटनपछि आगलागी भएको दृश्यहरू सार्वजनिक भएका छन् । विस्फोट भएको ट्याङ्कर ट्रकमा ग्यास ल्याइएको थियो । चिनियाँ समाचार संस्था सिन्ह्वाले दिएको जानकारी अनुसार छेझिङ प्रान्त अन्तर्गत पर्ने साङहाईको शेन्याङ—हाइकोउ राजमार्ग दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते भएकाहरू सबैलाई उपचारका लागि छ वटा अस्पतालमा भर्ना गरिएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप