logo
२०८१ असोज ९ बुधवार



जर्मनीमा रहेको आफ्नो सेना कटौती गर्ने तयारीमा अमेरिका

अन्तर्राष्ट्रिय |


जर्मनीमा रहेको आफ्नो सेना कटौती गर्ने तयारीमा अमेरिका


गोरखापत्र अनलाइन
काठमाडौं, जेठ ३२ गते । अमेरिकाले जर्मनीमा तैनात आफ्नो सेनामा २५ प्रतिशतले कटौती गर्ने तयारीमा जुटेको छ । करीब एक वर्षदेखि सुरक्षा खर्च बढाए मात्रै अमेरिकी सेना रहीरहने प्रस्ताबलाई जर्मनीले चासो नदिएपछि राष्ट्रपति ट्रम्पले सेना कटौती गर्ने तयारीमा जुटनुभएको हो।
जर्मनीमा करीब ३४ हजार पाँच सय अमेरिकी सेना छन् । नागरिक विभागमा रक्षार्थ खटिएका सुरक्षाकर्मी गरी करीब ५० हजार अमेरिकी सेना जर्मनीमा रहेका छन् । राष्ट्रपति ट्रम्पले गत् सातामात्रै आगामी सेप्टेम्बर महिनासम्ममा जर्मनीमा अमेरिकी सेनाको उपस्थिति २५ हजारमा सिमित गर्ने एक विधेयकमा हस्ताक्षर गर्नुभएको छ ।
अमेरिका यस प्रकारको तयारी गरिरहँदा नेटो, जर्मनी वा अमेरिकी संसदमा पनि त्यसबारे छलफल नभएको भन्दै आलोचना गरिएको छ । २२ जना रिपब्लिकन सदस्यले उक्त प्रस्ताबमाथि पुनर्विचार गर्न सुझाब दिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?