logo
२०८१ मंसिर १३ बिहीवार



सोमाली सेनाको कारबाहीमा १३ जना लडाकुको मृत्यु

अन्तर्राष्ट्रिय |


सोमाली सेनाको कारबाहीमा १३ जना लडाकुको मृत्यु


मोगादिशु, असार १ गते । सोमालियाको राष्ट्रिय सेनाले जुबा प्रान्तको दक्षिणी क्षेत्रमा गरेको भीषण सैन्य कारबाहीमा अल–शबाबका १३ जना लडाकुको मृत्यु भएको छ ।
सोमाली सेनाका प्रवक्ता अलि मोहमदले स्थानीयबासीले दिएको सूचनाका आधारमा सैन्य कारबाही गरिएको जानकारी दिनुभयो । उहाँले जुबाको अफमाडाओ शहरमा विद्रोही अल–शबाबविरुद्ध सेनाले कारबाही गरेको स्पष्ट गर्नुभयो ।
प्रवक्ता मोहमदले विद्रोहीबाट सेनाले हातहतियार र गोलाबारुद बरामद गरेको पनि बताउनुभयो । स्थानीयबासीले बान्का जिरा गाउँमा सेना र अल–शबाबका लडाकुबीच भिडन्त भएको बताएका छन् ।
गत जुन ७ मा सोमाली सेना र अल–शबाबबीच हुदुर नगरमा भएको भिडन्तमा अल–शबाबका ३७ जना लडाकुको ज्यान गएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?