logo
२०८१ असोज ९ बुधवार



टर्की र सोलोमन द्वीपमा भूकम्प   

अन्तर्राष्ट्रिय |


टर्की र सोलोमन द्वीपमा भूकम्प   


इस्तानबुल, असार १ गते। टर्कीको पूर्वी प्रान्त बिन्गोलमा आइतबार गएको ५।७ म्याग्नीच्यूडको भूकम्पबाट एक व्यक्तिको मृत्यु भएको छ । प्रान्तीय गभर्नरको कार्यालयका अनुसार कार्लिओभा गाउँमा रहेको सुरक्षाकर्मीको निरीक्षण पोस्ट भत्किँदा एक सुरक्षाकर्मीको मृत्यु भएको हो ।    
उद्धार टोलीले अर्का सिपाहीलाई भने जीवितै उद्धार गरेका थिए । टर्कीका उपराष्ट्रपति फुआत ओक्टेका साथै गृह र वातावरण मन्त्रीले भूकम्प प्रभावित क्षेत्रको भ्रमण गरी पछिल्लो परिस्थितिको जानकारी लिनुभएको छ ।    
भूकम्पीय दृष्टिबाट टर्की निकै जोखिममा रहेको मानिन्छ । गत जनवरीमा टर्कीको पूर्वी क्षेत्रमा आएको ६।८ म्याग्नीच्यूडको भूकम्पमा परेर ४० जनाभन्दा बढीको ज्यान गएको थियो ।    
यसैबीच, सिन्ह्वाका अनुसार सोलोमोन द्वीपमा सोमबार ५।४ म्याग्नीच्यूडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । उक्त भूकम्पबाट के कति जनधनको क्षति भयो भन्ने बारेमा विवरण प्राप्त भइनसकेको स्थानीय अधिकारीहरुले बताएका छन् ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?