logo
२०८१ असोज ९ बुधवार



युरोपेली सिमाना खुला

अन्तर्राष्ट्रिय |


युरोपेली सिमाना खुला


बर्लिन, असार १ गते ।
युरोपेली मुलुकहरूको आपसी सिमाना सोमबारदेखि पुनः खुला गरिएको छ । कोरोनाभाइरसको सङ्क्रमणको डरका कारण विगत झण्डै तीन महिनादेखि ती देशहरूको सिमाना बन्द गरिएको थियो ।
सिमाना खुल्ला गरिएपनि कतिपय शर्त तथा प्रतिबन्धात्मक व्यवस्था भने अझै पनि लागु नै हुने अधिकारीहरूले जानकारी दिएका छन् । त्यसैगरी अमेरिकी, एशियाली र अन्य विदेशी पर्यटकहरूलाई पनि युरोपेली देशहरूमा प्रवेशका लागि अझै खुला गरिएको छैन ।
युरोपेली सङ्घअन्तर्गतका २७ देशहरू र केही ‘सेन्जेन’ देशहरूसँगै सङ्घको सदस्य नरहेका देशहरूमा पनि अन्य देशका नागरिकहरू केही समय आवतजावत नगर्ने अपेक्षा गरिएको छ । यो अवस्था कम्तीमा अर्को महिना शुरु नहुदासम्म रहने अनुमान गरिएको छ ।

सिमाना खुल्ला गरिएको र रेस्टुरेन्टहरू पुनः सञ्चालन गर्नेसम्बन्धी घोषणा फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले गर्नुभएको थियो । उहाँले सङ्कटपछिको नयाँ अवस्थामा आफूहरू फर्किएको बताउँदै सङ्कटविरूद्धको लडाइँपछि पहिलो नयाँ थालनी भएको उल्लेख गर्नुभयो ।

उहाँले महामारी विरूद्धको लडाइँको नयाँ चरणमा प्रवेश गरिएपनि चुनौती र खतरा भने कायमै रहेको ध्यानाकर्षण गराउनुभयो । राष्ट्रपति म्याक्रोँले भन्नुभयो, “हामी फेरि केही खुकुलो भयौँ भन्नुको अर्थ भाइरस पूरै हराइसक्यो भन्ने बुझ्नुहुँदैन ।”

युरोपेली देशहरूमा अहिलेसम्म कोरोनाभाइरसका कारण झण्डै एक लाख ८२ हजार जनाको मृत्यु भइसकेको तथ्याङ्क छ भने झण्डै २० लाख मानिस सङ्क्रमित भएका थिए ।

अमेरिकाको जोन हकिन्स विश्वविद्यालयले विश्वभरी झण्डै ८० लाख मानिस सङ्क्रमित भएको जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप