logo
२०८१ असोज ९ बुधवार



सैन्यमुक्त सीमा क्षेत्रमा सेना परिचालनको तयारी गरिरहेको उत्तर कोरियाको चेतावनी

अन्तर्राष्ट्रिय |


सैन्यमुक्त सीमा क्षेत्रमा सेना परिचालनको तयारी गरिरहेको उत्तर कोरियाको चेतावनी
तस्विर-रोयटर्स


गोरखापत्र अनलाइन
काठमाडौँ, असार २ गते । उत्तरी कोरियाली सेनाले दुई कोरिया छुट्याउने सैन्यमुक्त स्थलमा आउन तयार रहेको चेतावनी दिएको छ । गत साताको अन्त्यमा उत्तर कोरियाली नेता किम जोङ–उनकी बहिनी किम यो–जोङले सेनालाई तयार रहन आदेश दिनुभएको थियो ।
दक्षिण कोरियाली जासुस समूहले प्रोपागाण्डासहितको पर्चा उत्तर कोरियाली भूमिमा छाडेपछि उत्तर कोरियाली सेनाबाट यसप्रकारको चेतावनी आएको हो । अन्तर सीमा क्षेत्र भएर बलूनमार्फत् पर्चा फालिएपछि दुई कोरियाली राष्ट्रबीच तनावको स्थिति उत्पन्न भएको हो ।
बीबीसीका अनुसार दक्षिण कोरियाली रक्षा मन्त्रालयले मङ्गलबार चेतावनीलाई लिएर अमेरिकासँग सहकार्य गरेर नजिकबाट कोरियाली सैन्य गतिविधि नियालिरहेको प्रतिक्रिया दिएको छ । सन् १९५० को युद्धपछि दुई कोरिया विभाजन भएको थियो । र दुवै कोरिया छुट्याउने गैरसैन्य क्षेत्रमा सेना परिचालन सम्बन्धी कार्यनीतिमाथि अध्ययन गरिरहेको मङ्गलबार उत्तर कोरियाले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?