logo
२०८१ असोज ९ बुधवार



कोरोनामुक्त भएको न्युजिल्याण्डमा दुई जनामा सङ्क्रमण पुष्टि

अन्तर्राष्ट्रिय |


कोरोनामुक्त भएको न्युजिल्याण्डमा दुई जनामा सङ्क्रमण पुष्टि


गोरखापत्र अनलाइन
काठमाडौँ, असार २ गते । लगातार २४ दिनसम्म कोरोना सङ्क्रमणको कुनै बिरामी फेला नपरेको न्युजिल्याण्डमा दुई जनामा सङ्क्रमणको पुष्टि भएको छ । न्युजिल्याण्डले गत साता मात्रै सीमा आवागमन प्रतिबन्धका अतिरिक्त सबै सतर्कताका मापदण्डहरू खुला गरिसकेको छ ।
बेलायतबाट भ्रमण गरेर न्युजिल्याण्ड फर्किएका दुई जनामा मङ्गलबार सङ्क्रमणको पुष्टि भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएको छ । प्रधानमन्त्री जसिन्डा अर्डेनले विदेशबाट फर्किने माध्यमबाट कोरोना सङ्क्रमण आउनसक्ने भन्दै यसअघि सचेत गराउनुभएको थियो । न्युजिल्याण्डमा कोरोना सङ्क्रमणबाट हालसम्म २२ जनाको मृत्यु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?