logo
२०८१ असोज ९ बुधवार



चीन र भारतीय सेनाबीच लद्दाकमा भिडन्त, एक सेना अधिकारी र दुई सिपाहीको मृत्यु

अन्तर्राष्ट्रिय |
फिचर |


चीन र भारतीय सेनाबीच लद्दाकमा  भिडन्त, एक सेना अधिकारी र दुई सिपाहीको मृत्यु


गोरखापत्र अनलाइन
काठमाडौं, असार २ गते । उत्तरी भारतको लद्दाख जोड्ने गलवान उपत्यकामा भारत र चिनियाँ सेनाबीच झड्प हुँदा एकजना सैन्य अधिकारी र दुईजना सिपाहीको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना सेनाका अधिकारी र दुई सिपाही रहेको भारतीय अखबार द् हिन्दुस्तान टाइम्सको अनलाइन संस्करणले जनाएको छ ।
भारतको रक्षा मन्त्रालयले मङ्गलबार एक वक्तब्य जारी गरी सैन्य भिडन्त र मृत्युको पुष्टि गरेको हो । भारत र चीनबीच लद्दाखसँग जोडिएको सीमा क्षेत्रमा पछिल्लो एक महिनादेखिको तनाबले भिडन्तको रुप लिएको हो । उक्त झड्प हुनुअघि भारतीय र चिनियाँ सैन्य अधिकारीहरुबीच सीमा विवादलाई लिएर पन्ध्र दिनभित्र तीन चरणको वार्ता भइसकेको छ । पूर्बी लद्दाख सेक्टरको चारवटा बन्द सैन्य शिविरमध्ये एकको नजिक भिडन्त भएको हो ।
रक्षा मन्त्रालयले जारी गरेको वक्तब्यमा दुबैतर्फका उच्च सैन्य अधिकारीले तनाब कम गर्न बैठकमा बसेको उल्लेख गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?