logo
२०८१ असोज ९ बुधवार



गोली हानाहानमा सात तालिबानी लडाकु मारिए

अन्तर्राष्ट्रिय |


गोली हानाहानमा सात तालिबानी लडाकु मारिए


लसकार घा, अफगानिस्तान
असार २ गते। अफगानिस्तानको दक्षिण प्रान्त हेलमाण्डको गेरेशक जिल्लामा सुरक्षा अधिकारी र तालिबान लडाकुबीच भएको दोहोरो झडपमा परी सात लडाकु मारिएका जिल्ला प्रहरी प्रमुख मोहमद खपाल्वाकले बताउनुभएको छ ।
मङ्गलबार बिहान सबेरै भएको यस दोहोरो झपडको क्रममा तालिबानी लडाकुहरू भागेका तर सात जनाको शव भने घटना स्थलमा फेला परेको बताइएको छ ।
तालिबान लडाकु समूहले भने यस विषयमा हालसम्म कुनै टिप्पणी गरेका छैनन् । छिमेकमा पर्ने सङ्गीन जिल्लामा सोमबार यस्तै प्रकारको झडप भएको र यसमा परी अन्य तीन लडाकु मारिएका स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?