logo
२०८१ असोज ९ बुधवार



दक्षिण कोरियाका एकीकरण मन्त्रीद्वारा राजीनामाको प्रस्ताव

अन्तर्राष्ट्रिय |


दक्षिण कोरियाका एकीकरण मन्त्रीद्वारा राजीनामाको प्रस्ताव
तस्विर-बीबीसी


गोरखापत्र अनलाइन
काठमाडौँ, असार ३ गते । दक्षिण कोरियाली एकीकरण मन्त्रीले उत्तर कोरियासँगको सम्बन्ध बिग्रिएको जिम्मेवारी लिँदै राजिनामाको प्रस्ताव गर्नुभएको छ । एकीकरण मन्त्री किम योन–चुलले उत्तर कोरियासँग बिग्रँदो सम्बन्धको जिम्मेवारी लिनुभएको छ ।
उत्तर कोरियाले दक्षिण कोरियासँगको सम्बन्ध सुधार्न सीमा क्षेत्रनजिक कैसङ्गस्थित अन्तर कोरिया सम्पर्क भवन ध्वस्त गरेको भोलिपल्ट मन्त्री चुलले राजिनामाको प्रस्ताव गर्नुभएको हो । आफू विरुद्ध भडकाउ पर्चा छोडिएपछि उत्तर कोरियाले मङ्गलबार उक्त कदम चालेको थियो । उत्तर कोरियाली नेता किम जोङ् उनकी बहिनीले दक्षिण कोरियाका नेतालाई अमेरिकी नोकरको संज्ञा दिँदै सन् २०१८ को सम्झौता तोडेको आरोप लगाउनुभएको छ ।
दक्षिण कोरियाले भने आफू अझै वार्ताको लागि तत्पर र तयार रहेको जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?