logo
२०८१ असोज ९ बुधवार



क्वरोन्टाइनको जिम्मेवारी बहन गर्न न्युजिल्याण्डका सेना सिमानामा परिचालित

अन्तर्राष्ट्रिय |


क्वरोन्टाइनको जिम्मेवारी बहन गर्न न्युजिल्याण्डका सेना सिमानामा परिचालित


वेलिङ्टन,
असार ३ गते । न्युजल्याण्डकी प्रधानमन्त्री जसिन्डा अर्डेर्नले सैन्य नेताहरूलाई सिमानामा खटाउने बताउनुभएको छ । देशको सीमा क्षेत्रमा रहेका क्वारेन्टाइनहरूमा मापदण्ड पूरा भएको वा नभएको र बाहिरबाट आउनेहरूको निगरानी गर्नका लागि उनीहरूलाई खटाइएको हो ।
लण्डनबाट आएका दुई महिलालाई क्वारेन्टाइन छोड्नुअगाडि भाइरसको परीक्षण गर्दा स्वास्थ्यकर्मीहरूले त्रुटि गरेपछि उहाँले सैन्य उच्च अधिकारीहरूलाई पठाउनु परेको उल्लेख गर्नुभएको छ । ती महिलाहरू न्युजिल्याण्डकै नागरिक हुन् । आफ्ना आमाबुबाको निधनका कारण उनीहरूले यात्रा गर्नु परेको जनाइएको छ ।
न्युजिल्याण्डकै औक्ल्याण्डदेखि वेलिङ्टनसम्म कारमा यात्रा गरेपछि परीक्षण गर्दा उनीहरूमा कोरोनाभाइरसको सङ्क्रमण देखिएको थियो । स्वास्थ्य अधिकारीहरूले त्यो सडक यात्राका क्रममा ती महिलाहरू कुनै पनि अन्य व्यक्तिसँग सम्पर्कमा नरहेको दाबी गरेका थिए ।
तर उनीहरूले विमान यात्रादेखि क्वारेन्टाइनको रुपमा होटलमा बस्दासम्मको अवधिमा ३२० जनासँग भने सम्पर्कमा रहेको पाइएको स्वास्थ्य अधिकारीहरूकै भनाइ छ । यी दुई जनामा सङ्क्रमण देखिनुअघि न्युजिल्याण्डमा पछिल्लो तीन हप्तासम्म कुनै सङ्क्रमित नभेटिएको घोषणा गरिएको थियो ।
कम्तीमा दुई हप्तासम्म कुनै पनि सङ्क्रमित नभेटिएमा कोरोनाभाइरसमुक्त मान्ने मान्यता अनुसार न्युजिल्याण्डलाई कोरोनामुक्त मुलुकको रुपमा घोषणा पनि गरिएको थियो । नयाँ सङ्क्रमण भेटिएसँगै प्रधानमन्त्री अर्डेर्नले सीमा क्षेत्रमा थप सतर्कता बढाउनुपर्नेमा जोड दिनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप