logo
२०८१ असोज ९ बुधवार



धार्मिक विद्यालयमा विस्फोट, सातको मृत्यु

अन्तर्राष्ट्रिय |


धार्मिक विद्यालयमा विस्फोट, सातको मृत्यु


तालुकान, अफगानिस्तान
असार ४ गते । अफगानिस्तानको उत्तरी प्रान्त तखारको इशकामिस जिल्लामा अवस्थित एक धार्मिक विद्यालयमा बिहीबार भएको विस्फोटमा परी कम्तीमा सात व्यक्तिको मृत्यु भएको छ ।

यस विस्फोटमा परी अन्य आठ जना घाइते भएका एक सरकारी अधिकारीले जानकारी दिएका छन् । यस घटनाको विस्तृत विवरण भने प्राप्त भएको छैन । अफगानिस्तानमा धार्मिक विद्यायललक्षित यस प्रकारका आक्रमण बारम्बार भएको पाइन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?