logo
२०८१ असोज ९ बुधवार



भारतमा एकैदिन १४ हजारभन्दा बढी सङ्क्रमित

अन्तर्राष्ट्रिय |
पढ्नै पर्ने |


भारतमा एकैदिन १४ हजारभन्दा बढी सङ्क्रमित


गोरखापत्र अनलाइन
काठमाडौँ, असार ५ गते । भारतमा एकै दिन १४ हजार जनाभन्दा बढी कोरोनाभाइरसका सङ्क्रमितको पुष्टि भएको छ । नयाँ पुष्टि भएको सङ्ख्यासँगै भारतमा कोभिड–१९ बाट सङ्क्रमित हुनेको सङ्ख्या तीन लाख ८१ हजार पुगेको छ । पछिल्लो २४ घण्टामा भारतको नयाँ दिल्ली, महाराष्ट्र र उत्तरप्रदेशमा सबैभन्दा बढी सङ्क्रमित पुष्टि भएको हो ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार महाराष्ट्रमा पछिल्लो २४ घण्टामा तीन हजार ७५२ जना नयाँ सङ्क्रमित फेला परेका हुन । राजधानी नयाँ दिल्लीमा दुई हजार ८७७ जनामा सङ्क्रमणको पुष्टि भएको छ । भारतमा कोरोना सङ्क्रमित निको हुनेको सङ्ख्या दुई लाख पार हुँदा एकै दिन १४ हजार ५२ नयाँ सङ्क्रमित पनि थपिएका हुन् ।
कोरोना सङ्क्रमणबाट भारतमा १२ हजार ६०२ जनाको मृत्यु भइसकेको भारतीय अखबार द टाइम्स अफ इन्डियाको अनलाइन संस्करणले उल्लेख गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?