logo
२०८१ असोज ९ बुधवार



दक्षिण भारतीय शहर चेन्नईमा पुनः लकडाउन

अन्तर्राष्ट्रिय |


दक्षिण भारतीय शहर चेन्नईमा पुनः लकडाउन


गोरखापत्र अनलाइन
काठमाडौँ, असार ५ गते । दक्षिणी भारतको चेन्नई (मद्रास) शहरसहित नजिकका तीन जिल्लामा पुनः लकडाउन गरिएको छ । सङ्क्रमित हुनेको सङ्ख्या बढे पनि पुनः लकडाउन गरिएको चेन्नई भारतको पहिलो शहर हो । कोरोनाभाइरस सङ्क्रमण बढेर सामान्य अवस्थामा नियन्त्रणमा आउन नसक्ने भएपछि लकडाउन गरिएको भारतीय अधिकारीहरूले बताएका छन् ।
तमिलनाडूको प्रमुख शहर चेन्नईमा कोरोनाभाइरसका करिब ३७ हजारभन्दा बढी सङ्क्रमित छन् । तमिलनाडूमा मात्रै करिब ५० हजार सङ्क्रमित छन् । जुन ३० सम्म रहने गरी लकडाउन १२ दिनका लाथि थप गरिएको भारतीय अधिकारीहरूले बताएका छन् ।
चेन्नईमा सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या छ सयभन्दा बढी छन् । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित हुने करिब तीन लाख ८१ हजार पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?