logo
२०८१ असोज ९ बुधवार



उत्तर कोरियासँग बिग्रँदो सम्बन्धको जिम्मेवारी लिएका दक्षिण कोरियाली मन्त्रीको राजीनामा स्वीकृत

अन्तर्राष्ट्रिय |


उत्तर कोरियासँग बिग्रँदो सम्बन्धको जिम्मेवारी लिएका दक्षिण कोरियाली मन्त्रीको राजीनामा स्वीकृत
तस्विर-फाइल


गोरखापत्र अनलाइन
काठमाडौँ, असार ५ गते । दक्षिण कोरियाका राष्ट्रपति मून जाय इनले शुक्रबार एकीकरण मन्त्रीको राजीनामा स्वीकृत गर्नुभएको छ । उत्तर कोरियासँग बढ्दो तनावबीच मन्त्री किम योन–चुलले बुधबार राजिनामा दिनुभएको थियो ।
दक्षिण कोरियाली एकीकरण मन्त्रीले उत्तर कोरियासँगको सम्बन्ध बिग्रिएको जिम्मेवारी लिँदै गर्नुभएको राजीनामा राष्ट्रपति मून जाय–इनले शुक्रबार स्वीकृत गर्नुभएको हो ।
उत्तर कोरियाले दक्षिण कोरियासँगको सम्बन्ध सुधार्न सीमा क्षेत्रनजिक कैसङ्स्थित अन्तरकोरिया सम्पर्क भवन ध्वस्त गरेको भोलिपल्ट मन्त्री चुलले राजीनामाको प्रस्ताव गर्नुभएको थियो । आफूविरुद्ध भडकाउ पर्चा छोडिएपछि उत्तर कोरियाले मङ्गलबार उक्त कदम चालेको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?