logo
२०८१ असोज ९ बुधवार



कोरोना भाइरसबाट विश्वमा चार लाख ५६ हजारभन्दा बढीको मृत्यु, ८५ लाख बढी सङ्क्रमित

अन्तर्राष्ट्रिय |


कोरोना भाइरसबाट विश्वमा चार लाख ५६ हजारभन्दा बढीको मृत्यु,  ८५ लाख बढी सङ्क्रमित


जेनेभा, स्वीट्जरल्याण्ड
असार ५ गते । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको सङ्ख्या चार लाख ५६ हजार ६८२ पुगेको छ । साथै यस सङ्क्रमणबाट विश्वभर ८५ लाख ९६ हजार ३७ जना सङ्क्रमित भएका विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ ।

कोरोना भाइरसका कारण बिरामी भएका ४५ लाख ४६ हजार ८९३ जना निको भएका छन्। हाल विश्वभरमा कोरोना भाइरस सङ्क्रमित करिब ३६ लाख व्यक्ति उपचाररत रहेका छन् । सङ्क्रमितहरूमा ५४ हजार ६१३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

कोरोना भाइरस सङ्क्रमणबाट अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र २२ लाख ६३ हजार ७४९ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख २० हजार ६८८ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा १६ लाख २९ हजार ६७ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् । यहाँ ६६ हजार ९४२ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा २६ लाख १७ हजार ४७६ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् । यहाँ एक लाख ५१ हजार ७२ जनाको मृत्यु भएको छ ।

युरोपमा २२ लाख ७७ हजार ३६१ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने १ लाख ८५ हजार ४५० को मृत्यु भएको छ । एसियामा १७ लाख ८६ हजार १८० जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने, ४५ हजार ६६८ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा दुइ लाख ७९ हजार ४५२ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने सात हजार ४५६ जनाको मृत्यु भएको छ । ओसियानामा नाै हजार २३ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १२४ जनाको मृत्यु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?