logo
२०८१ चैत्र २८ शुक्रवार



बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा बढी, एक हजार ३८८ को मृत्यु

अन्तर्राष्ट्रिय |


बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा बढी, एक हजार ३८८ को मृत्यु


ढाका, असार ५ गते ।
बङ्गलादेशमा विगत २४ घण्टामा कोभिड–१९ सङ्क्रमण पुष्टि हुने बिमीको सङ्ख्या तीन हजार २४३ पुगेका स्वास्थ्य मन्त्रालय स्रोतले शुक्रबार जानकारी गराएको छ । बङ्गलादेशमा अघिल्लो दिन कोरोनाभाइरस सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या तीन हजार ८०३ रहेको थियो ।
“पछिल्लो तथ्याङ्क अनुसार बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या एक लाख पाँच हजार ५३५ पुगेको छ भने मृत्यु हुनेको सङ्ख्या एक हजार ३८८ पुगेको छ,” स्वास्थ्य मन्त्रालयका उच्च नसिमा सुल्तनाले बताउनुभयो ।
विगत २४ घण्टामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या तीन हजार २४३ पुगेको छ भने ३२ पुरूष र १३ महिला गरी सङ्क्रमितको मृत्यु भएको छ,” उहाँले भन्नुभयो ।
बङ्गलादेशमा विगत २४ घण्टामा देशभर कूल १५ हजार ४५ व्यक्तिको कोभिड–१९ सङ्क्रमण परीक्षण गरिएको थियो । यो समयमा दुई हजार ७४१ जना निको भई घर फर्किएसँगै अहिलेसम्म निको हुनेको सङ्ख्या ४२ हजार ९४५ पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?