logo
२०८१ असोज ९ बुधवार



भारतीय सेना बन्धक बनाइएको छैनः चीन

अन्तर्राष्ट्रिय |


भारतीय सेना बन्धक बनाइएको छैनः चीन


गोरखापत्र अनलाइन
काठमाडौँ, असार ५ गते । चीनले भारतीय सेनालाई बन्धक नबनाएको प्रष्ट्याएको छ । भारतीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै बीबीसीसहित अन्तर्राष्ट्रिय समाचार संस्थाले चीनले बन्धक बनाएको दश जना भारतीय सेनालाई बिहीबार मुक्त गरेको समाचार प्रकाशन गरेको थियो ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिचियानले दैनिक प्रेस ब्रिफिङको क्रममा भारतीय सेनालाई बन्धक नबनाएको प्रष्ट्याउनुभएको हो । समाचार संस्था एएनआईले चिनियाँ समाचार संस्था सीजीटीएनलाई उद्धृत गर्दै प्रवक्ता चाओको भनाइ उल्लेख गरेको छ ।
पत्रकार सम्मेलनेमा चाओले थप प्रष्ट्याउनुहुँदै कुनै भारतीय सेना अहिले पनि चिनियाँ नियन्त्रणमा नरहेको खुलाउनुभयो । गत सोमबार उत्तर पूर्वी भारतको लद्दाख सीमा क्षेत्रको गलवान उपत्यकामा भारत र चिनियाँ सेनाबीच भिडन्त भएको थियो । उक्त भिडन्तमा भारतीय सेनाका कर्णेलसहित २० जना सेना मारिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?