logo
२०८१ असोज ९ बुधवार



अस्ट्रेलियामाथि साइबर आक्रमण बढेको प्रधानमन्त्री स्कट मोरिसनको भनाइ

अन्तर्राष्ट्रिय |


अस्ट्रेलियामाथि साइबर आक्रमण बढेको प्रधानमन्त्री स्कट मोरिसनको भनाइ


क्यानवेरा, असार ५ गते।
‘एक सम्पन्न मुलुकमा रहेर अस्ट्रेलियालाई लक्षित गरी साइबर आक्रमण भइरहेको र यसका कारण सरकारका सबै तहहरू, व्यवसाय, आधारभूत सेवा र महत्वपूर्ण पूर्वाधार क्षेत्रलाई प्रभावित गर्न खोजिएको अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले बताउनुभएको छ । चीनसँग अस्ट्रेलियाको वैमनस्यपूर्ण सम्बन्ध बनिरहेको कारण साइबर आक्रमणको घटनाहरू भएका अनुमानहरू गरिएका समय कुनै देशको नाम नबताइकन साइबर आक्रमणबारे प्रधानमन्त्री मोरिसनको भनाइ बाहिर आएको हो ।
खासगरी स्वास्थ्य, समस्याग्रस्त पूर्वाधार र आधारभूत सेवामा सर्वसाधारणलाई सावधानी अपनाउन सम्पूर्ण नागरिक तथा सरकारी तथा गैरसरकारी संघसंस्थालाई मोरिसनले आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो, “केही क्षेत्रहरूलाई लक्षित गरी साइबर हस्तक्षेपमार्फत सूचनाहरू चोर्न र राज्यलाई क्षति पुर्याउन केही महिनादेखि साइबर आक्रमणका प्रयासहरू भइरहेको छ ।
प्रधानमन्त्री मोरिसनले भन्नुभयो, “यो साइबर आक्रमण कुनै राज्यसँग सम्बन्ध राख्ने क्षमतावान एजेन्टबाट भइरहेको छ । त्यहाँ धेरै व्यक्तिको सम्लग्नता भएको देखिँदैन ।” अस्ट्रेलियाली प्रवुद्ध समूहको स्ट्राटेजिक पोलिसी इन्स्टिच्युटका कार्यकारी निर्देशक वर्गपिटर जेनिङ्सले अस्ट्रेलियाविरूद्ध यस प्रकारको आक्रमण गर्ने क्षमता चीनसँग रहेको दावी गर्दै भन्नुभयो, म विश्वस्त छु यसका पछाडि चीनको सम्लग्नता रहेको छ ।
यसैबीच चिनिया विदेश मन्त्रालयका प्रवक्ता झाओ लिचियानले आरोपहरूको खण्डन गर्दै चीनले साइबर आक्रमणजस्ता सबै गलत कामको विरोध गर्दै आएको र यसविरूद्ध सङ्घर्षरत रहेको बताउनुभएको छ ।
अस्ट्रेलियाली इन्स्टिच्युटले लगाएको आरोप निराधार र मूर्खतापूर्ण अभिव्यक्ति भएको शुक्रबार पत्रकारसँगको नियमित भेटघाटमा लिचियानले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप