logo
२०८१ असोज ९ बुधवार



ब्राजिलमा एकैदिन ५४ हजार सङ्क्रमित, एक हजार दुई सयको मृत्यु

अन्तर्राष्ट्रिय |


ब्राजिलमा एकैदिन ५४ हजार सङ्क्रमित, एक हजार दुई सयको मृत्यु


गोरखापत्र अनलाइन
काठमाडौँ, असार ६ गते । ब्राजिलमा एकैदिन कोरोनाभाइरसका ५४ हजार नयाँ सङ्क्रमित थपिएका छन् । संयुक्त राज्य अमेरिकापछि ब्राजिल कोरोनाभाइरसले सबैभन्दा बढी प्रभावित बनेको छ । कोरोनाभाइरसबाट ब्राजिलमा मृत्यु हुनेको सङ्ख्या ४९ हजार पुगेको छ । सङ्क्रमित हुने दश लाख नाघेको छ ।
जोन हप्कीन्स विश्वविद्यालयका अनुसार पछिल्लो २४ घण्टामा ब्राजिलमा एक हजार दुई सय जनाको कोरोनाले मृत्यु भएको छ । ब्राजिलमा लगातार चौथो दिन एक हजार दुई सय जनाभन्दा बढीको मृत्यु भएको हो । ब्राजिली विज्ञहरूलाई उद्धृत गर्दै बीबीसीले उचित मात्रामा परीक्षण नहुँदा सङ्क्रमित हुनेको सङ्ख्या अहिलेको तथ्याङ्कभन्दा अत्याधिक हुने र सङ्क्रमणको क्रम उच्च हुन अझै केही साता लाग्नेछ ।
ल्याटिन अमेरिकी राष्ट्र यतिबेला कोरोना सङ्क्रमणको उच्च जोखिममा छन् । मेक्सिको, चिली, पेरुजस्ता राष्ट्रमा सङ्क्रमण तीव्र रुपमा फैलिँदैछ । यी राष्ट्रका प्रमुख शहरहरू पूर्णरुपमा बन्द गरिएका छन् ।
ब्राजिली राष्ट्रपति जायर बोल्सानेरोले कोरोना सङ्क्रमणको प्रकोपभन्दा ब्राजिलको आर्थिक अवस्था अझै नाजुक हुने बताउनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?