logo
२०८१ मंसिर ७ शुक्रवार



दक्षिण कोरियामा शनिबार ६७ जना कोरोनाभाइरस सङ्क्रमित भेटिए

अन्तर्राष्ट्रिय |


दक्षिण कोरियामा शनिबार ६७ जना कोरोनाभाइरस सङ्क्रमित भेटिए


सोल
असार ६ गते । दक्षिण कोरियामा शनिबार मात्र ६७ जना नयाँ कोरोना भाइरसका सङ्क्रमित भेटिएका छन् । निकै लामो समयपछि एकै दिन यति धेरै मानिस सङ्क्रमित भेटिएका हुन् । स्वास्थ्य अधिकारीहरूले गत मे २८ पछि यति ठूलो सङ्ख्यामा पहिलो पटक सङ्क्रमित भेटिएका स्वास्थ्य क्षेत्रका अधिकारीहरूले जानकारी दिएका छन् ।

शनिबार प्राप्त समाचारमा तीन हप्तापछि पहिलोपटक दक्षिण कोरियामा ६७ जना नयाँ सङ्क्रमित भेटिएका छन् र तीमध्ये ३१ जना विदेशबाट आएका व्यक्ति हुन् । बाँकी दक्षिण कोरियाकै नागरिक सङ्क्रमित भएका हुन् ।

स्वास्थ्य अधिकारीहरूले गत मे २८ मा यहाँ ७९ जना सङ्क्रमित भेटिएका थिए । त्यसपछि यहाँ यति ठूलो सङ्ख्यामा पहिलो पटक सङ्क्रमितहरू भेटिएका हुन् । दक्षिण कोरिया कोरोना भाइरसको नियन्त्रणमा सफल देशका रुपमा मानिन्छ । पछिल्लो समयमा उक्त प्रकोप नियन्त्रणमा रहेको पाइएको छ ।

अहिलेसम्म १२ हजार ३७३ जना सङ्क्रमित छन् । साथै २८० जना नागरिकको यो भाइरसको सङ्क्रमणबाट निधन भएको बताइएको छ । दक्षिण कोरियामा मे महिनाको शुरुवात देखि नै कोरोना भाइरसको प्रकोपबाट बच्न सामाजिक दूरी कायम गर्नुका साथै स्वास्थ्यका विविध मापदण्डहरू निकै कडाइका साथ पालना गरिएको छ । जसका कारण भाइरसको सङ्क्रमण विश्वका अन्य देशको तुलनामा फैलिएको छैन ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप