logo
२०८१ असोज ९ बुधवार



कोरोना सङ्क्रमणबाट पाकिस्तानका एक उच्च आईएसआई अधिकारीको मृत्यु

अन्तर्राष्ट्रिय |


कोरोना सङ्क्रमणबाट पाकिस्तानका एक उच्च आईएसआई अधिकारीको मृत्यु
तस्विर-एएनआई


गोरखापत्र अनलाइन
काठमाडौँ, असार ७ गते । पाकिस्तानको बलूचिस्तानमा कार्यरत एकजना इन्टर सर्भिसेज इन्टेलिजेन्स(आईएसआई)का उच्च अधिकारीको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । बिग्रेडियर हस्सन अफजलको बलूचिस्तानमा मृत्यु भएको समाचार संस्था एएनआईले जनाएको छ ।
स्वास्थ्य सुविधाको अभाव रहेको पाकिस्तानको बलूचिस्तानको दुर्गम राज्यमा कार्यरत आईएसआई अधिकारी अफजल कोरोनाभाइरसबाट सङ्क्रमित हुनुहुन्थ्यो । कोरोना बिरामीको उपचारको लागि विशेष सुविधासहितको अस्पताल बलूचिस्तानमा उपलब्ध छैन ।
बलूचिस्तानका स्वास्थ्य विभागका निर्देशक डा. सलिम अब्रोले अबको केही महिनामा प्रान्तमा करिब एक लाख व्यक्तिमा सङ्क्रमण फैल्ने चेतावनी दिनुभएको छ । जुलाईदेखि सेप्टेम्बरसम्मको समयलाई उहाँले उच्च जोखिम समयको रुपमा अर्थ्याउनुभएको छ । प्रान्तका ४० प्रतिशत व्यक्ति कोरोनाभाइरसबाट सङ्क्रमित छन् ।
पाकिस्तानमा शनिबारसम्म कोरोनाभाइरसका बिरामीको सङ्ख्या एक लाख ७४ हजार ६७६ पुगेको छ । तीन हजार ४३६ जनाको मृत्यु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?