logo
२०८१ असोज ९ बुधवार



योगले शान्ति, अधिकार र मानवीय हितको सिद्धान्तलाई प्रवर्द्धन गर्छः राष्ट्रसङ्घ महानिर्देशक

अन्तर्राष्ट्रिय |


योगले शान्ति, अधिकार र मानवीय हितको सिद्धान्तलाई प्रवर्द्धन गर्छः राष्ट्रसङ्घ महानिर्देशक


गोरखापत्र अनलाइन
काठमाडौँ, असार ७ गते । संयुक्त राष्ट्रसङ्घका महानिर्देशक टटाइना भालोभायाले योगले शान्ति, अधिकार र मानवीय हितको सिद्धान्तलाई प्रवद्र्धन गरेको बताउनुभएको छ । छैटाैँ अन्तर्राष्ट्रिय योग दिवसको पूर्वसन्ध्यामा एक सन्देश जारी गर्दै महानिर्देशक भालोभायाले उक्त अवसरमा एकता र सम्पर्कको सन्देश प्रवाह गरिरहेको बताउनुभयो ।
महानिर्देशक भालोभायाले सामाजिक सञ्जाल ट्विटरबाट ट्वीट गर्नुहुँदै अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभयो । कोरोनाभाइरसको विश्वव्यापी महामारीले समग्र विश्व नै प्रभावित छन् । उहाँले भन्नुभयो, “हामी यतिबेला ठूलो चुनौतीको सामना गरिरहेका छौँ, यद्यपि बहुपक्षीय अवसरको दोसाँधमा पनि उभिएका छौँ र यस्तोबेला एकता र सम्पर्कको महत्वलाई सन्देशको रुपमा प्रवाह गर्न चाहेका छौँ ।”
प्रत्येक वर्ष जुन २१ मा अन्तर्राष्ट्रिय योग दिवस मनाइन्छ । महामारीका बीच विश्व समुदायले सामाजिक दूरीको पालना गर्दै उक्त दिवस मनाउँदैछन् । आइतबार योग दिवसकै दिन सूर्य ग्रहण परेको छ ।
कोरोनाभाइरसले विश्वका करिब ८६ लाख व्यक्ति सङ्क्रमित छन् । चार लाख ५८ हजार व्यक्तिले ज्यान गुमाएका छन् । अमेरिकास्थित जोन हप्कीन्स विश्वविद्यालयका अनुसार करिब ४२ लाख व्यक्ति निको भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?