logo
२०८१ असोज ९ बुधवार



दक्षिण कोरिया विरुद्ध उत्तरले पनि प्रचार सामग्री पठाउने

अन्तर्राष्ट्रिय |


दक्षिण कोरिया विरुद्ध उत्तरले पनि प्रचार सामग्री पठाउने


गोरखापत्र अनलाइन
काठमाडौं, असार ७ गते । तनाबका बीच उत्तर कोरियाले दक्षिण विरुद्धको पर्चा र प्रचार सामग्री पठाउने जनाएको छ । दक्षिण कोरियाले राष्ट्रहित विपरितको प्रचार सामग्री पठाएको भन्दै उत्तर कोरियाले गत् साता अन्तर कोरियाली सम्पर्क कार्यालयलाई ध्वस्त बनाएपछि दुई कोरियाबीच तनाब उत्पन्न भएको हो ।
उत्तर कोरियाली मीडियाले अधिकारीहरुलाई उद्धृत गर्दै अन्तर कोरियाली सम्झौताहरुबाट मुक्त रहेको जनाउँदै यस प्रकारको जानकारी दिएको हो । उत्तर कोरियाले दक्षिणको गतिबिधिप्रति आक्रोशित भएका आफ्नो नागरिकले प्रचार सामग्री तयार गरी सीमा क्षेत्रबाट छोड्ने तयारी गरिरहेको जनाएको छ । दक्षिण कोरियाले भने यसप्रकारको गतिबिधि सम्झौता विपरित हुने जनाएको छ ।
तनाबको नैतिक जिम्मेवारी लिनुभएका दक्षिण कोरियाका एकीकरण मन्त्रीले गत् साता नै दिनुभएको राजिनामा शुक्रबार राष्ट्रपतिले स्वीकृत गर्नुभएको थियो ।
सन् १९५०–५३ सम्मको युद्ध शान्तीपूर्ण सम्झौतामा टुंगिएदेखि नै दुबै राष्ट्रबाट एक अर्का विरुद्ध प्रचार सामग्री पठाइदै आएको छ । सन् २०१८ मा दुई कोरियाबीच पुनः अर्को शान्ती सम्झौता हुँदै तनाब कम भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?