logo
२०८१ असोज ९ बुधवार



ब्राजिलमा कोरोना सङ्क्रमित मृतकको सङ्ख्या ५० हजार नाघ्यो

अन्तर्राष्ट्रिय |


ब्राजिलमा कोरोना सङ्क्रमित मृतकको सङ्ख्या ५० हजार नाघ्यो


गोरखापत्र अनलाइन
काठमाडौँ, असार ८ गते । संयुक्त राज्य अमेरिकापछि कोभिड–१९ का ५० हजार सङ्क्रमितको मृत्यु हुने ब्राजिल दोस्रो राष्ट्र बनेको छ । विज्ञहरुले भाइरसबाट सङ्क्रमित हुने र मृतकको सङ्ख्या अझै उचाइमा पुग्नसक्ने चेतावनी दिएका छन् ।
शनिबारसम्म कोरोना सङ्क्रमितको सङ्ख्या दश लाख नाघ्दा ब्राजिलमा मृतकको सङ्ख्या ५० हजार पार गरेको हो । कोरोना प्रकोप नियन्त्रणमा लिन उपयुक्त कदम नचालेको भन्दै राष्ट्रपति जायर बोलसोनारोविरुद्ध ब्राजिली सडकमा प्रदर्शनसमेत सुरु भएको छ ।
आइतबार बिहान ब्राजिली स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा ६४१ जना सङ्क्रमितको मृत्यु भएको जनाएको छ । उक्त सङ्ख्यासँग ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ५० हजार ६१७ पुगेको बीबीसीले जनाएको छ । उक्त अवधिमै १७ हजार नयाँ सङ्क्रमित थपिएका छन् ।
ब्राजिलभन्दा बढी प्रभाबित अमेरिका मात्रै छन् । अमेरिकामा सङ्क्रमितको सङ्ख्या करिब २२ लाख छन् । मृत्यु हुने करिब एक लाख २० हजार बढी छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?