logo
२०८१ असोज ९ बुधवार



दक्षिण कोरियाद्वारा पाकिस्तान र बङ्गलादेशका लागि भिसा प्रतिबन्ध

अन्तर्राष्ट्रिय |


दक्षिण कोरियाद्वारा पाकिस्तान र बङ्गलादेशका लागि भिसा प्रतिबन्ध
तस्विर-द कोरियन हेराल्ड


गोरखापत्र अनलाइन
काठमाडौँ, असार ८ गते । दक्षिण कोरियाले पाकिस्तान र बङ्गलादेशका लागि भिसा जारी गर्न प्रतिबन्ध लगाउने जनाएको छ । कूटनीतिक र व्यावसायिक प्रयोजनका लागि दक्षिण कोरिया आउनेमा भने उक्त प्रतिबन्ध लागू हुने छैन ।
दक्षिण कोरियाली समाचार संस्था योनहापका अनुसार कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि सतर्कता स्वरुप उक्त उपाय अपनाइएको छ । दक्षिण कोरियामा पाकिस्तान र बङ्गलादेशबाट आउने यात्रुमा कोरोनाको सङ्क्रमण पाइएको थियो । योनहापका अनुसार दक्षिण कोरियाले दुवै देशबाट तत्काल गैरनिर्धारित विमानसमेत अवतरणमा रोक लगाएको छ ।
विमान सञ्चालनमा आएपछि दक्षिण कोरियामा पछिल्लो ६८ दिन यताकै सबैभन्दा बढी १७ जना कोरोना सङ्क्रमितको पुष्टि भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?