logo
२०८१ असोज ९ बुधवार



भारतमा कोरोनाका नयाँ थपिने बिरामीभन्दा निको हुने बढी

अन्तर्राष्ट्रिय |
फिचर |


भारतमा कोरोनाका नयाँ थपिने बिरामीभन्दा निको हुने बढी


गोरखापत्र अनलाइन
काठमाडौँ, असार ८ गते । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित हुने चार लाख २५ हजार पुगेको छ । भारतीय अधिकारीहरूले पछिल्लो चौबिस घण्टामा १४ हजार ८२१ जना नयाँ सङ्क्रमित थपिएको जनाएका छन् । आइतबार अहिलेसम्मकै उच्च एकै दिन १५ हजारभन्दा बढी नयाँ सङ्क्रमित थपिएको थियो ।
भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार कोरोनाभाइरसको सङ्क्रमणबाट सोमबार बिहानसम्म १३ हजार ६९९ जनाको मृत्यु भएको छ । सङ्क्रमित भएकामध्ये एक लाख ७४ हजार ३८७ जना कोरोनाका सक्रिय बिरामी रहेको मन्त्रालयलाई उद्धृत गर्दै एएनआईले जनाएको छ । दुई लाख ३७ हजार १९६ जना निको भई घर फर्केका छन् ।
सबैभन्दा बढी महाराष्ट्र राज्यमा सङक्रमित छन् । महाराष्ट्रमा एक लाख ३२ हजार ७५ जना सङ्क्रमित रहेकोमा ६० हजार १६१ जना अझै बिरामी छन् । ६५ हजार ७४४ जना उपचारपछि निको भएका छन् । महाराष्ट्रमा मात्रै छ हजार १७० जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
राजधानी नयाँ दिल्लीमा दोस्रो सबैभन्दा बढी प्रभावित राज्य हुन् । नयाँ दिल्लीमा ५९ हजार ७४६ जना सङ्क्रमित छन् । तमिलनाडूमा ५९ हजार ३७७ जनामा कोरोनाको पुष्टि भएको छ । दिल्लीमा मात्रै दुई हजार १७५ जना सङ्क्रमितको मृत्यु भइसकेको छ । तमिलनाडूमा ७५७ जना सङ्क्रमितको मृत्यु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?