logo
२०८१ असोज ९ बुधवार



तालिबानले बन्धक बनाएका १४ जना अफगानिस्तानका सिपाही मुक्त

अन्तर्राष्ट्रिय |


तालिबानले बन्धक बनाएका १४ जना अफगानिस्तानका सिपाही मुक्त
तस्विर-अरब न्यूज


गोरखापत्र अनलाइन
काठमाडौं, असार ८ गते । तालिबानले बन्धक बनाएको १४ जना अफगानिस्तानका सिपाहीलाई मुक्त गरेको छ । समाचार संस्था स्पुतनिकलाई उद्धृत गर्दै एएनआईले अफगानिस्तानको विभिन्न प्रान्तमा बन्धक बनाइ राखिएका १४ सिपाहीलाई तालिबानले मुक्त गरेको जनाएको छ ।
तालिबानका प्रवक्ता सोहैल शाहीनले इस्लामिक एमिरेटको लोघर, नंग्रहर र नूरिस्तानमा रहेका १४ जना बन्धक सिपाहीलाई मुक्त गरेर परिवारजन कहाँ पठाइएको बताउनुभएको छ । अफगानिस्तान सरकार र तालिबानबीच भएको सम्झौता बमोजिम बन्धकलाई मुक्त गरिएको हो ।
प्रवक्ता शाहीनले तालिबानका राजनीतिक अधिकारी बरादर अखुन्दले अफगानिस्तानका लागि संयुक्त राष्ट्र संघका मिशन उपप्रमुख डेब्रह लियोनसँग कतारको राजधानी दोहामा भेटघाट गरेको जानकारी दिनुभएको छ । दुबैजनाबीच सहमति बमोजिम बन्धक बनाइएकाहरुलाई मुक्त गर्ने विषयमा छलफल भएको जनाइएको छ ।
सम्झौता बमोजिम अफगानिस्तान सरकारको नियन्त्रणमा रहेका पाँच हजार तालिबानी लडाकूमध्ये तीन हजारलाई मुक्त गरिसकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?