logo
२०८१ असोज ९ बुधवार



‘जनवरीमा इरानमा दुर्घटनाग्रस्त युक्रेनी विमानको ब्ल्याक बक्स अध्ययनका लागि फ्रान्स पठाइने’

अन्तर्राष्ट्रिय |


‘जनवरीमा इरानमा दुर्घटनाग्रस्त युक्रेनी विमानको ब्ल्याक बक्स अध्ययनका लागि फ्रान्स पठाइने’


तेहरान, असार ६ गते। तेहरानको आकाशमा सन् २०२० को जनवरीमा दुर्घटनाग्रस्त युक्रेनी विमानको ‘ब्ल्याक बक्स’को डाटा अध्ययनका लागि फ्रान्स पठाउन लागिएको इरानी विदेशमन्त्री मोहम्मद जवेद जरिफले सोमबार बताउनुभएको छ । मन्त्री जरिफले उक्त कुरा क्यानडाली विदेशमन्त्री फ्राँस्वा फिलिप च्याम्पियनसँगको टेलिफोन वार्तामा बताउनुभएको हो ।
उक्त विमानको ब्ल्याक बक्स आगामी केही दिनमा तेहरानबाट फ्रान्स पठाइनेछ,”जरिफलाई उद्धृत गरी इरानी राष्ट्रिय समाचार संस्था, आइआरएनएले समाचारमा उल्लेख गरेको छ ।
बोइङ कम्पनीको युक्रेनी ध्वजावाहक विमान ७३७–८०० विमान इरानको राजधानी तेहरानबाट युक्रेनको राजधानी किभका लागि उडेको केही समयपछि तेहरानस्थित खोमेइनी अन्तर्राष्ट्रिय विमानस्थल नजिकै गत जनवरी ८ तारिखका दिन दुर्घटनाग्रस्त भएको थियो । विमान दुर्घटना भएको वा हतियारको प्रयोग गरी खसालिएको थियो भन्ने विषयमा इरान, क्यानडा, बेलायत, अमेरिका, युक्रेनबीच फरक मत देखिएपछि अन्तमा इरानले विमान खसालिएको कुरालाई स्वीकार गरेको थियो ।
विमानले १७६ यात्रुसहित चालक दलका सदस्य लिएर उडिरहेको समयमा दुर्घटनाग्रस्त भएको इरानले प्रारम्भिक अवस्थामा बताएको थियो ।
स्याटलाइट तस्वीरहरूमा विमानलाई कुनै मानवनिर्मित वस्तु (हतियार) आई ठोकिएपछि दुर्घटनाग्रस्त भएको भनी क्यानडालगायतका मुलुकले यसको स्वतन्त्र छानबिनका लागि दबाव दिएपछि इरानले विमानलाई आफ्नो सैनिकले खसालेको स्वीकार गरेको थियो ।
केही समयपछि भने विमानमाथि इरानी सैनिक मिसाइल ‘भूलबस’ लागेको पुष्टि गरेको थियो । शुरूमा विमानको ब्ल्याक बक्स विदेश पठाउन नमानेको इरानले करिब छ महिनापछि यसलाई अध्ययनका लागि फ्रान्स पठाउन सहमत भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?