logo
२०८१ असोज ९ बुधवार



कतारमा एकै दिन एक हजारभन्दा बढी सङ्क्रमित

अन्तर्राष्ट्रिय |


कतारमा एकै दिन एक हजारभन्दा बढी सङ्क्रमित


दोहा, असार ९ गते ।
खाडी मुलुक कतारमा विगत २४ घण्टामा कोभिड–१९ बाट सङ्क्रमितको सङ्ख्या एक हजार ३४ पुगेसँगै मङ्गलबारसम्म कुल सङ्क्रमितको सङ्ख्या ८८ हजार ४०३ पुगेको कतारका स्वास्थ्य मन्त्रालयले बताएको छ ।
मन्त्रालयका अनुसार सोमबार एक हजार ६३७ निको भएर घर फर्किएका र अहिलेसम्म ६९ हजार ९५६ निको भएका छन् । सोमबार थप एक सङ्क्रमितको मृत्यु भएको र मृत्यु हुनेको सङ्ख्या अहिलेसम्म ९९ पुगेको छ । 
स्वास्थ्य मन्त्रालयले सङ्क्रमण बढ्नुलाई मानिसहरूको जमघट, यात्रा तथा रोकथामका उपायलाई सहीरुपमा पालना नगर्नु रहेको उल्लेख गर्दै सामाजिक दूरी कायम गर्न र रोकथामका अन्य उपाय उपनाउन सुझाव दिएको छ ।
लाखौँको सङ्ख्यामा एसियाली मुलुक नेपाल, भारत, पाकिस्तान बङ्गलादेशलगायतबाट वैदेशिक रोजगारीका लागि गन्तव्य रहेको कतारमा कुल तीन लाख २४ हजार ५७० व्यक्तिको सङ्क्रमण परीक्षण गरिएको छ । कतार र चीनले कोभिड–१९ विरूद्धको लडाइँमा आपसी सहयोग आदानप्रदान गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?