logo
२०८१ असोज ९ बुधवार



भारतले दर्जनौँ पाकिस्तानी कूटनीतिज्ञलाई निकाला गर्दै

अन्तर्राष्ट्रिय |


भारतले दर्जनौँ पाकिस्तानी कूटनीतिज्ञलाई निकाला गर्दै
तस्विर-बीबीसी, सोमबार भारतको मुम्बई आइपुगेका दुईजना भारतीय कुटनीतिज्ञ सेल्भादास पौल र द्विमु ब्रम्हस ।


गोरखापत्र अनलाइन
काठमाडौँ, असार १० गते । भारतले नयाँ दिल्लीस्थित पाकिस्तानी दूतावासका आधाभन्दा बढी कूटनीतिज्ञलाई निकाला गर्ने तयारी गरेको छ । बीबीसीका अनुसार आतङ्कवादीसँग साँठगाँठ गरेको तथा जासुसीमा संलग्न रहेको आरोपमा भारतले पाकिस्तानी कूटनीतिज्ञलाई निकाला गर्न लागेको हो । पाकिस्तानले गत साता दुई जना भारतीय कूटनीतिज्ञलाई देश निकाला गरेको थियो ।
भारतको विदेश मन्त्रालयले त्यत्तिकै सङ्ख्यामा इस्लामाबादस्थित आफ्नो दूतावासबाट कूटनीतिज्ञलाई फिर्ता बोलाउन लागेको जनाएको छ । पाकिस्ताननका अधिकारीहरूबाट भारतीय विदेश मन्त्रालयको निर्णयमा तत्कालै कुनै प्रतिक्रिया आएको छैन ।
तीन साताअघि भारतले दुई जना पाकिस्तानी कूटनीतिज्ञलाई देश निकाला गरेपछि दुवै देशबीच तनाव बढेको छ । गत साता पाकिस्तान सरकारले दुई जना भारतीय कूटनीतिज्ञलाई नियन्त्रणमा लिएको थियो । पैदलयात्रीलाई ठक्कर दिँदा दुवै जनालाई नियन्त्रणमा लिइएको पाकिस्तानले जनाए पनि भारतले दुवै कूटनीतिज्ञलाई बन्धक बनाएको दाबी गरेको थियो ।
दुवै देशले दूतावासमा कुल ११० कर्मचारी रहन हुने सहमति गरेको छ । यद्यपि अहिले दुवै देशस्थित दूतावासमा ९० जना कर्मचारी छन् । भारतीय विदेश मन्त्रालयको निर्णयपछि दुवै देशबाट करिब ३५ जना कर्मचारी फर्किनेछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?