logo
२०८१ असोज ९ बुधवार



दक्षिण कोरियाविरुद्ध सैन्य कारबाहीको योजना छैन: उत्तर कोरिया

अन्तर्राष्ट्रिय |


दक्षिण कोरियाविरुद्ध सैन्य कारबाहीको योजना छैन: उत्तर कोरिया


गोरखापत्र अनलाइन
काठमाडौँ, असार १० गते । उत्तर कोरियाले दक्षिण कोरियाविरुद्ध सैन्य कारबाहीको कुनै योजना नरहेको प्रष्ट्याएको छ । दुई देशबीच बढ्दो तनावका बीच उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमले यस प्रकारको समाचार सम्प्रेषण गरेको छ ।
सरकारी सञ्चारमाध्यमले कोरियाली नेता किम जोङ–उनको अध्यक्षतामा बसेको बैठकले सैन्य कारबाही नगर्ने निर्णय गरेको हो । नेता किम जोङकी बहिनी किम यो–जोङले सेनालाई अर्को कारबाहीका लागि तयार रहन निर्देशन दिनुभएको थियो ।
उत्तर कोरियाले अन्तर कोरियाली सम्पर्क भवन ध्वस्त बनाएको थियो । सीमा क्षेत्रमा उत्तर कोरियाविरुद्धको पर्चा पाइएपछि उत्तर कोरियाले उक्त कदम चालेको थियो । सँगै उसले गैरसैन्य क्षेत्रमा सेना पठाउने चेतावनी दिदा दुवै कोरियाबीचको अवस्था तनावग्रस्त बनेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?