logo
२०८१ असोज ९ बुधवार



अमेरिकाको टेक्सस राज्यमा एकै दिन पाँच हजार नयाँ सङ्क्रमित थपिए

अन्तर्राष्ट्रिय |


अमेरिकाको टेक्सस राज्यमा एकै दिन पाँच हजार नयाँ सङ्क्रमित थपिए
तस्विर-फाइल


गोरखापत्र अनलाइन
काठमाडौँ, असार १० गते । संयुक्त राज्य अमेरिकाको टेक्सस राज्यमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै उच्च सङ्क्रमित फेला परेका छन् । एकै दिनमा करिब पाँच हजार सङ्क्रमित फेला परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार टेक्सस राज्य सरकारका प्रतिनिधि ग्रेग अबोट्टले नयाँ चुनौतीको सामना गर्न कठोरतापूर्वक सतर्कताका उपायहरू अपनाउन सुझाव दिनुभएको छ । गत मे महिनामा टेक्ससमा प्रतिबन्ध खुकुलो गरिएको थियो । सङ्क्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले आगामी दुई साता अत्यन्तै जटिल हुने बताउनुभएको छ ।
गत साता मात्रै टेक्ससमा चार हजार नयाँ सङ्क्रमित एकै दिन थपिएका थिए । मङ्गलबार भने पाँच हजार चार सय नयाँ सङ्क्रमित थपिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?