logo
२०८१ असोज ९ बुधवार



कोरोना प्रकोप: अमेरिका दुई महिनाअघिकै अवस्थामा फर्कियो

अन्तर्राष्ट्रिय |


कोरोना प्रकोप: अमेरिका दुई महिनाअघिकै अवस्थामा फर्कियो


गोरखापत्र अनलाइन
काठमाडौँ, असार १० गते । संयुक्त राज्य अमेरिकामा पछिल्लो २४ घण्टामा दुई महिना यताकै सबैभन्दा बढी कोरोना सङ्क्रमितको पुष्टि भएको छ । अमेरिका दुई महिना अघि प्रकोप उच्च विन्दुमा रहेकै अवस्थामा फर्किएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएको छ ।
अमेरिकामा पछिल्लो चौबिस घण्टामा मात्रै ३४ हजार ७०० नयाँ सङ्क्रमितको पुष्टि भएको छ । यसअघि अप्रिल ९ र अप्रिल २४ मा मात्रै अमेरिकामा ३४ हजारभन्दा बढी सङ्क्रमितको पुष्टि भएको थियो । जतिबेला सङ्क्रमित हुने ३६ हजार चार सय पुगेको थियो ।
छ सातासम्म निरन्तर ओरालो लागेपछि पछिल्लो एक साता यता नयाँ सङ्क्रमित बढ्दैगएका छन् । यसअघि हटस्पट कायम रहेको न्यू जर्सी र न्युर्योक शहरमा भने सङ्क्रमणमा कमी आएको छ । दक्षिण र पश्चिममा भाइरसको सङ्क्रमण उच्च देखिएको छ । एरिजोना, क्यालिफोर्निया, मिसिसिपि, नवाडा र टेक्ससमा मङ्गलबार अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित फेला परेका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?