logo
२०८१ असोज ९ बुधवार



ब्राजिली राष्ट्रपतिलाई मास्क लगाउन अदालतको आदेश

अन्तर्राष्ट्रिय |


ब्राजिली राष्ट्रपतिलाई मास्क लगाउन अदालतको आदेश


गोरखापत्र अनलाइन
काठमाडौँ, असार १० गते । ब्राजिली सङ्घीय अदालतका एक न्यायधीशले राष्ट्रपति जायर बोल्सेनारोलाई बाहिर निस्किँदा मास्क अनिवार्य लगाउन निर्देशन दिनुभएको छ । पछिल्लो साता ब्राजिली अदालत र कँग्रेसको विरोध प्रदर्शन भइरहेको भिडमा राष्ट्रपति बोल्सेनारो मास्कबिना नै देखा पर्नुभएको थियो ।
न्यायाधीश रेनाटो कोल्हो बोरेल्लीले राष्ट्रपति स्वयंको सुरक्षाको लागि पनि मास्क अनिवार्य रहेकोले बाहिर निस्किँदा मास्क अनिवार्य हुन जाने आदेशमा उल्लेख गर्नुभएको छ । ब्राजिली कानुनबमोजिम महामारीको बेला मास्क नलगाएको अवस्थामा ३९० अमेरिकी डलर जरिवाना तिर्नुपर्ने हुन्छ ।
बोल्सेनारो बाहिर निस्किँदा अधिकांश समय मास्क लगाए पनि पछिल्लो साता मास्क नलगाएको तस्बिर बाहिर आएपछि अदालतले यस प्रकारको निर्देशन दिएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?