logo
२०८१ असोज ९ बुधवार



मङ्गोलियाको संसदीय निर्वाचनमा न्यून सहभागिता

अन्तर्राष्ट्रिय |


मङ्गोलियाको संसदीय निर्वाचनमा न्यून सहभागिता


उलानबटोर, असार १० गते । मङ्गोलियामा बुधबार भएको संसदीय निर्वाचनमा अति न्यून जनसहभागिता भएको छ । सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार निर्वाचनमा मध्याह्नसम्ममा २५.१३ प्रतिशत मतदाता मात्रै सहभागी भएका छन् । मतदान स्थानीय समय अनुसार बिहान ७ बजे शुरु भएको थियो ।
मतदानका लागि देशभरि दुई हजार ७० मतदान केन्द्रहरू स्थापना गरिएका छन् । निर्वाचनमा कम्तीमा १३ राजनीतिक पार्टी, चार वटा गठबन्धन र १३७ जना स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् ।
निर्वाचनमा मतदान गर्नका लागि देशभरि झण्डै २१ लाख जनाको नाम मतदाता नामावलीमा रहेको छ । मङ्गोलियाको एक सदनात्मक स्टेट ग्रेट खुरालमा निर्वाचनबाट ७६ जना सांसद चार वर्षे कार्यकालका लागि निर्वाचित हुनेछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?