logo
२०८१ असोज ९ बुधवार



भारतमा एकै दिन करिब १७ हजार सङ्क्रमित, ४१८ को मृत्यु

अन्तर्राष्ट्रिय |


भारतमा एकै दिन करिब १७ हजार सङ्क्रमित, ४१८ को मृत्यु


गोरखापत्र अनलाइन
काठमाडौँ, असार ११ गते । भारतमा एकै दिन १६ हजार ९२२ जना कोरोनाभाइरसका नयाँ सङ्क्रमित थपिएका छन् । उक्त सङ्ख्यासँगै भारतमा सङ्क्रमित हुने चार लाख ७३ हजार १०५ पुगेको छ ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार पछिल्लो चौबिस घण्टाको अवधिमा भारतमा ४१८ जना सङ्क्रमितको मृत्यु दर्ता गरिएको छ । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार बिहीबारसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुने १४ हजार ८९४ जना पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?