logo
२०८१ असोज ९ बुधवार



सेनेगलका राष्ट्रपति म्याकी सल ‘आइसोलेसन’मा

अन्तर्राष्ट्रिय |


सेनेगलका राष्ट्रपति म्याकी सल ‘आइसोलेसन’मा


गोरखापत्र अनलाइन
काठमाडौँ, असार ११ गते । सेनेगलका राष्ट्रपति म्याकी सल मा बस्नुभएको छ । कोरोना सङ्क्रमितको सम्पर्कमा आएपछि राष्ट्रपति सल आइसोलेशनमा बस्ने हुनुभएको हो ।
बीबीसीका अनुसार सेनेगलको राष्ट्रपतिको कार्यालयले एक वक्तव्य जारी गरी राष्ट्रपति सलको परीक्षण प्रतिवेदन निगेटिभ आएपनि स्वसतर्कताका लागि आइसोलेसनमा बस्नुभएको उल्लेख गरेको छ । सेनेगलकी एक जना सांसद येया डिआलोले बुधबार आफू कोरोना भाइरसबाट सङ्क्रमित भएको बताउनुभएको थियो ।
सेनेगलमा हालसम्म छ हजार १२९ जनामा सङ्क्रमणको पुष्टि भएको छ, ९३ जनाको मृत्यु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?